कांग्रेस कार्यकर्ताले वडा सदस्य उम्मेदवार कुटे

सफल खबर संवाददाता

विहीबार, २९ बैशाख २०७९, १० : २८
कांग्रेस कार्यकर्ताले वडा सदस्य उम्मेदवार कुटे

काठमाडौं ।रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१० मा नेपाली कांग्रेसका कार्यकर्ताको कुटाइबाट नेकपा माओवादी केन्द्रका वडा सदस्य उम्मेदवारसहित चारजना घाइते भएका छन्। 

इलाका प्रहरी कार्यालय चौरजहारीका अनुसार वडा सदस्य उम्मेदवार तुल्सीराम बुढासहित चारजना घाइते भएका हुन्। घाइतेहरूको चौरजहारी स्थित मेसिन अस्पतालमा उपचार भइरहेको छ। प्रेस सेन्टरका केन्द्रीय सदस्य धुर्व बुढाथोकीले आफ्नै घरमै बसेको अवस्थामा कांग्रेसका कार्यकर्ताले उम्मेदवार बुढामाथि कुटपिट गरेको बताए ।

प्रतिक्रिया दिनुहोस