काठमाडौ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले जितेर आए भने फेरि पनि भोलिपल्टै संसद् विघटन गर्ने दाबी गरेका छन्।
पोखरामा पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै भने, ‘हामीले पार्लियामेन्टमा विरोध गर्यो भने भंग गर्दिहाल्ने। ओली पार्लियामेन्ट सिस्टम मान्नेवाला छैनन्। हामीले पार्लियामेन्टमा विपक्षीले विरोध गर्न पाउँछ नि। हामीले विरोध गरेका थियौँ, विरोध गर्दा संसद् भंग गर्दिने?’
ओली र उनको पार्टी प्रजातन्त्रको खिलाफमा भएकाले राजतन्त्र फर्काउने आरोप लगाए। उनले आफू गठबन्धनबाट प्रधानमन्त्री भएकाले गठबन्धन आजको आवश्यकता भएको बताए। देउवाले भने, ‘ओलीले जित्यो भने संसद राख्छ? भोलि नै भंग गरिदिन सक्छ। ओली र उनको पार्टी प्रजातन्त्रको खिलाफमा छ, गणतन्त्रको खिलाफमा छ।’
गठबन्धन गरेर सबैलाई फाइदा पुगेको भएपनि कांग्रेसलाई आवश्यकता भएको बताए। ओली प्रजातन्त्रको पक्षमा नभएको व्यक्ति भएको प्रष्ट पारे। नेता कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘गठबन्धन बन्नुअघि हाम्रो कस्तो अवस्था थियो? कांग्रेसको नेतृत्वमा सरकार छ। त्यसकारण गठबन्धनका पार्टीका सबै दलहरुमा कुनै शंका उपशंका गर्नै हुँदैन। गरे पनि मैले भनिहाले कारवाही हुन्छ। पार्टीलाई फाइदा भएको छ।’
प्रचण्ड र माधव नेपालजी उदार भएर कांग्रेसलाई सहयोग गरेको बताए। गठबन्धनकै बलमा आफू प्रधानमन्त्री, नेताहरु मुख्यमन्त्री र मन्त्री बनेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ बैशाख २०७९, १५ : ५३
लेखकबाट थप