एउटा क्रान्तिकारी छवि वडा २५ का अध्यक्ष उम्मेद्वार बिजय भुजेल

सफल खबर संवाददाता

शनिबार, २४ बैशाख २०७९, ११ : २९
एउटा क्रान्तिकारी छवि वडा २५ का अध्यक्ष उम्मेद्वार बिजय भुजेल

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २५ बाट पाँच दलीय गठबन्धनको तर्फबाट गोलाकार भित्रको हसियाँ हथौडा चिन्हमा वडाध्यक्ष पदका उम्मेद्वार बिजय भुजेल चितवनको कम्युनिष्ट आदर्शका एक जिउँदो इतिहास हुन भन्दा फरक पर्दैन ।

काँग्रेस कम्युनिष्ट विचको द्वन्द्वका कारण २०४२ सालमा ठूलो आक्रमणबाट बाच्न सफल भूजेल यतिवेला नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायतको पाँच दलीय गठबन्धनका साझा उम्मेद्वार बनेका छन् । भुजेलकै भनाई लाई आधार मान्दा हिजो पार्टीपार्टी विच एक आपसमा ठूलो वैरभाव थियो । पञ्चायती शासकले फुटाउ र राज गर भन्ने चाहन्थ्यो हामी आपसआपसमा लडभीड गर्दथ्यौं । यथास्थितिवादीले त्यसैबाट फाइदा उठाउँदै सत्ता चलाउँदै आएका थिए । तर, पछिल्ला दिनमा प्रतिगमन विरुद्ध एक भएर आन्दोलन गर्नुपर्ने ठहर भयो, अनि २०४६ को जनआन्दोलन पञ्चायती व्यवस्थालाई फाल्न  सफल भयो । ०६२÷०६३ को सम्युक्त आन्दोलनले राजतन्त्रलाई सदाको लागि अन्त्य ग¥यो यतिवेला प्रतिगमन विरुद्ध पाँचदलीय गठबन्धन बनेको छ । यो गठबन्धनलाई जीवित राख्न सकियो भने संविधानलाई पनि जीवित राख्न सकिन्छ भन्ने ठहर भुजेलकोे छ ।

हिजोको आफ्नो इतिहास बारेमा छोटो परिचय दिंदै भुजेलले भने, २०४२ साल वैशाख १८ गतेको चर्को घाम थियो । मेघौलीको एक विद्यालयबाट कुमाल थरका एक विद्यार्थीलाई विद्यालयबाट निस्काशन गरेको सुचना बाहिरा आयो । विद्यार्थी युनियनका ७ जना नेताहरु छलफलका लागि जानकी मावि मेघौली पुग्यौ । छलफलकै क्रममा ती नेताहमाथि धारिलो हितियार प्रहार भयो । सँगै गएका साथीहरु केही भाग्न सफल भए । त्यही क्रममा एक जनाले ज्यान गुमाए, अर्का एक जना नेतालाई बेहोस अवस्थामा काठमाडौँको वीर अस्पताल लगियो । ज्यान गुमाउने नेता तत्कालिन रामपुर कृषि क्याम्पसका स्ववियु सभापति मित्रमणि आचार्य थिए । बेहोस अवस्थामा २३ दिनसम्म जीवन र मृत्युसँग लड्दै गर्दा होस खुल्ने व्यक्ति म आफै थिँए । उनले शरीरभरी दाग देखाउँदै भने ।

को हुन् विजय भुलेज ?

न्यायको लागि सतिसाल झै उभिने भुजेल साविक शुक्रनगरका रैथानी हुन् । उनको जन्म विस २०१८ साल जेठ २२ गते स्वा मान बहादुर भुजेल र आमा देवका भुजेलको कोखबाट भएको थियो । बुवा भारतीय सेनामा जागिरे थिए । स्थानीय जनज्योतीबाट प्रराम्भिक शिक्षा सुरु गरेका भुजेलले प्रभात मावि हुँदै आर्दश मावि दिव्यनगरबाट एसएलसी उर्तिण गरेका थिए ।कृषिमा रुची राख्ने भुजेल सुन्दर बजार कृषि कलेज लमजुङबाट प्रमाण–पत्र तहसम्मको अध्ययन पुरा गरेका छन् । 

सानैदेखि कम्युनिष्ट राजनीति चेत भएका भुजेल अन्याय, अत्यचार, विवेदविरुद्ध आवज बुलन्द पार्ने गर्दथे । अखिल विद्यार्थी फण्ड क्रान्तिकारीबाट औपचारिक राजनीतिक यात्रा सुरु गरेका भुजेल खरो, कडा मिजास स्भावभावका रुपमा परिचित छन् ।

पश्चिम चितवनको शुक्रनगर गाविसको ५ वर्ष अध्यक्ष बनेका भुजेल चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको शुक्रनगर सामुदायिक उपभोक्ता समितिका अध्यक्ष, संयुक्त केरुङग उपभोक्त समितिमा ५÷५ वर्ष अध्यक्ष भएर काम गरेका थिए । 

विभिन्न सामाजिक क्षेत्रमा काम गरी हालको भरतपुर २५ लाई कृषि, पर्यटन हब बनाउने चाहानासहित वडाको नेतृत्व गरिरहेका भुजेल फेरि अध्यक्ष पदमा पाँच दलीय गठबन्धनका साझा उम्मेद्वार हुन् । 

भुजेलले वडालाई पूर्वाधार विकासमा मात्र नभई शिक्षा, स्वास्थ्य, रोजगारी तथा कृषि र पर्यटनको हब बनाउने योजनाका साथ निर्वाचनमा होमिएका छन् । आगामी ५ वर्षभित्र वडा सुन्दर, हराभरा र यहाँका आदिबासीहरुलाई उत्थान गर्ने गरी अगाडि बढेका छन् । 

यस्ता छन् भुजेलका योजना

वडामा निर्वाचित भएसँगै यस क्षेत्रलाई कृषिको हब बनाउन कृषकहरुलाई अनुदानमा मल, बीउ, लगायतका सामाग्री वितवरण गर्ने लक्ष्य रहेको भुजेल बताउँछन् । कृषिलाई उद्योगमा परिणत गर्ने लक्ष्य राखेको पनि उनी बताउछन् । वडामा रोजगारी सिर्जना गरी यहाँका आदिबासी, जनजाती, विपन्न वर्गको जीनव उकास्न काम गर्ने प्रतिबद्धता व्यक्त गर्छन् । कृषि उत्पादनलाई बजारीकरण गर्ने प्रथामिकतामा राख्ने उनी बताउँछन् । त्यस्तै वडाको राप्ती तटिय क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गरेर महानगरको पर्यटकीय गन्तव्य बनाउने गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्छन् । केही वडा स्तरीय पर्यटकीय पूर्वाधार निर्माण भईसकेको छन् भने पर्यटकीय क्षेत्र बनाउन वडा अघि बढ्ने उनी बताउँछन् । यस्तै विगतको कार्यकालमा अधुरा अपुरा रहेका कामलाई निरन्तरता दिई भरतपुरको नमुना वडा बनाउने गरी अगाडि बढ्ने उनको चाहना छ ।


   
 

प्रतिक्रिया दिनुहोस