तोलामा १४ सय बढ्यो सुनको भाउ

सफल खबर संवाददाता

विहीबार, २२ बैशाख २०७९, ११ : १४
तोलामा १४ सय बढ्यो सुनको भाउ

 

काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ बढेको छ।  साताको पाँचौं दिन  बिहीबार बजारमा सुनको मूल्य प्रतितोला १४ सयले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १४ सयले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजावी सुन प्रतितोलामा ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य पनि बिहीबार १५ रुपैयाँले बढेर १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस