सशस्त्र र नेपाल प्रहरीका आईजीपीले लगाए दर्ज्यानी चिह्न

सफल खबर संवाददाता

सोमबार, १९ बैशाख २०७९, १० : ०५
सशस्त्र र नेपाल प्रहरीका आईजीपीले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । नवनियुक्त नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन् ।

सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई दर्ज्यानी चिह्न लगाएका हुन् ।  मन्त्रीपरिषद्ले आइतबार नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

सिंह २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका थिए । अर्याल  २०५४ चैतमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन् । आईजीपीको रूपमा अर्यालको कार्यकाल ४ वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस