सप्तरी । सप्तरीमा लागूऔषधसहित बिहीबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी बोदेबर्साइन नगरपालिका(९ देउरी का घुरन यादवका १९ वर्षीय छोरा शंकर यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएकाफ प्रहरीले लागूऔषध घरमा बेच्ने उद्देश्यले भण्डारण गरी राखेको अवस्थामा गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
यादवको साथबाट नाइट्राभेट(१० लेखिएको ट्यावलेट १ हजार २ सय ५० पिस, डाइजेपाम इन्जेक्सन ७ सय ५० एम्पुल, फेनेरागन ७ सय ५० एम्पुल, नुफिन इन्जेक्सन ७ सय ५० एम्पुलफेला परेको छ ।
उनीमाथि लागूऔषध कारोबार सम्बन्धित मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रवक्ता काफ्लेले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ बैशाख २०७९, १८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ
कैलालीमा लागू औषधसहित पाँच जना पक्राउ
भारतीय लागूऔषध कारोबारीमाथि गोली प्रहार, खैरो हेरोइन बरामद
लागूऔषधसहित युवक रौतहटमा पक्राउ
लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
लागूऔषधसहित ४ जना पक्राउ