एकीकृत समाजवादीबाट पोखरा महानगर प्रमुखमा धनराज आचार्य

सफल खबर संवाददाता

सोमबार, १२ बैशाख २०७९, १२ : ३०
एकीकृत समाजवादीबाट पोखरा महानगर प्रमुखमा धनराज आचार्य

काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरको प्रमुखसहित चार उपमहानगरपालिकाको उपप्रमुखको नाम टुङ्गो लगाएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले गठबन्धनको निर्णयअनुसार पार्टीले प्राप्त गरेको महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखको उम्मेदवारको नाम सिफारिश गरेको हो ।उक्त दलले पोखरा महानगरपालिकको प्रमुखमा धनराज आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै हेटौँडा उपमहानगर पालिकाको प्रमुखमा मीना लामा, काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा रामेश्वर श्रेष्ठ, इटहरी उपमहानगरपालिकाको उपप्रमुखमा केशवकुमार विष्ट, बुटवल उपमहानगरपालिकको उपप्रमुखमा चीनबहादुर गुरुङ र तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखमा जोगबहादुर राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको समाजवादीका महासचिव डा बेदुराम भुसालले जानकारी दिए।

समाजवादीले पाँच दलीय गठबन्धनभित्रका दलबीच तालमेलका लागि सहमति भएका स्थानमा सहमतिअनुसार उम्मेदवारी दिने र तालमेल नभएको सबै स्थानमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस