विराटनगरको उपमेयरमा जसपाबाट उपेन्द्रका छोरा अमरेन्द्र यादव उम्मेदवार

सफल खबर संवाददाता

सोमबार, १२ बैशाख २०७९, १२ : २५
विराटनगरको उपमेयरमा जसपाबाट उपेन्द्रका छोरा अमरेन्द्र यादव उम्मेदवार

काठमाडौँ  पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)ले पाएको विराटनगर महानगरपालिकाको उपमेयरमा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई उम्मेदवार बनाएको छ। कांग्रेसले मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट विराटनगरको मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निराला कार्कीलाई अघि सारेको छ। 

प्रतिक्रिया दिनुहोस