किसान लघुवित्तको संचालकमा राजेश भण्डारी चयन

सफल खबर संवाददाता

सोमबार, १२ बैशाख २०७९, ११ : ५२
किसान लघुवित्तको संचालकमा राजेश भण्डारी चयन

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक चयन गरेको छ । कम्पनीले नेप्सेमा एक सूचना प्रकाशित गर्दै संचालकमा राजेश भण्डारीलाई नियुक्त गरेको जनाएको हो ।

बैशाख ११ गते बसेको ८५औं संचालक समितिको बैठकले संचालक मनोज न्यौपानेले पेश गरेको संचालक समितिको सदस्यको राजिनामा स्वीकृत गर्दै रिक्त रहेको संचालकमा भण्डारीलाई नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस