काठमाडौं । राप्रपाले काठमाडौं महानगरको मेयरमा मदनदास श्रेष्ठ र उपमेयरमा विनिता मगैयालाई उम्मेदवार बनाएको छ । राप्रपाको आज बसेको बैठकले महानगरको उम्मेदवार टुंग्याएको हो ।
त्यस्तै, ललितपुर महानगरको मेयरमा अष्ट महर्जन, उपमेयर स्वर्णिमा शाक्य, पोखरा महानगरमा शंकर खराल र उपप्रमुखमा रञ्जु सेन, बिरगंज महानगरमा गिरिश गिरी, उपमेयरमा बिना जयसवाल, बुटवल उपमहानगरमा मृगेन्द्र शेरचन, शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा जित बहादुर भण्डारी र उप(प्रमुखमा लक्ष्मी चन्द, विर्तामोडको प्रमुखमा ध्रुब उप्रेती, उपप्रमुखमा रञ्जु प्याकुरेल, सिद्धार्थनगरमा सागर प्रताप राणा, देवदहमा माधब रिमाल, तिलोत्तमामा भुवन खनाल, सैनामैनामा मीनप्रसाद घिमिरे, तानसेन नगर प्रमुखमा सुदीप रेग्मी र उप प्रमुखमा बिर्जु खाती, दमकमा राम थापा, गौरादहमा गोपाल पौड्याल, उपमेयरमा भरिपूर्ण राई, जिरीको मेयरमा किरण खड्का, उपमेयरमा श्रृष्टि न्यौपाने रहेका छन् ।
त्यस्तै, ललितपुरको गोदावरीमा मेयरमा राजकुमार महर्जन, उपमेयरमा रञ्जिता श्रेष्ठ खत्री, झापाको कचनकवलको प्रमुखमा अञ्जार आलम र उपप्रमुखमा निमसरी राजवंशी, मेचीनगरको मेयरमा रमेश दाहाल, उपमेयरमा सबिना बजगाँइ, झापाकै बाह्रदशीमा रामकुमार सिंह राजवंशी र उपप्रमुखमा कमला कार्की, हल्दिबारीको प्रमुखमा रवीन्द्र लिङ्देन, उपप्रमुखमा लक्ष्मी मैनाली, कञ्चनपुरको भिमदत्त नगरपालिका प्रमुखमा गजेन्द्र चन्द, उपमेयरमा हेलेन श्रेष्ठ, बेलौरी नगरपालिका प्रमुखमा अभिषेक जोशी, दार्चुलाको गोकुलेश्वर नगरपालिकाको प्रमुखमा रामानन्द सरस्वती, बर्दियाको मधुवन नगर प्रमुखमा गिरिराज पुरुष, तनहुँको व्यास नगरको प्रमुखमा दौलत अधिकारी, भानु नगर प्रमुखमा शेरजंग अधिकारी, भिमादमा विष्णु भक्त खनाल, शुक्लागण्डकीमा विष्णु थापा मगर, बाराको निजगढमा मेयरमा सावित्री देवी भारती, उपमेयरमा वासुदेव तिमल्सिना छन् ।
स्याङ्जाको चापाकोट नगरपालिकाको मेयर पदमा मुन शाह र उपमेयरमा जीवन पंगेनी, पुतलीबजारमा तुलसिंह ठकुरी, गोरखा नगरपालिकाको प्रमुखमा रुद्रराज पाण्डे र उपप्रमुखमा सम्झना लामिछाने, काठमाडौंको बुढानिलकण्ठ नगर प्रमुखमा निनादेवी भेटवाल, कोहलपुर नगरको प्रमुखमा प्रदीप शाह र उपप्रमुखमा साबित्रा घिमिरेलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।धेरै स्थानीय तहमा उमेदवारी टुंगो लागेको भएपनि बाँकी भएका स्थानहरुमा आज अपरान्हसम्म उमेदवारी टुंगो लाग्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ बैशाख २०७९, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको माग गर्दै राप्रपालाई ज्ञापनपत्र
राप्रपा नेपालको निम्तो मान्न पुगे लिङ्देन
एमालेको कार्यक्रममा राष्ट्रिय झण्डा आधा झुकाइएको भन्दै राप्रपाले जनायो आपत्ति
६ बुँदे मागसहित काठमाडौँ प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघर-नयाँ बानेश्वर सडकमा राप्रपाको प्रदर्शन (तस्वीरहरू)
राप्रपा आन्दोलनको रणनीति फेरियो, अब बानेश्वरमा मात्र केन्द्रित