सांघाईमा कोरोनाबाट थप ११ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १० बैशाख २०७९, १४ : ४५
सांघाईमा कोरोनाबाट थप ११ जनाको मृत्यु

चीनको सांघाईमा कोभिडका कारण थप १२ जनाको मृत्यु भएको छ । 

कोरोनाको संक्रमणको चपेटामा परेको सांघाईमा पछिल्लो साता दिनहुँजसो संक्रमणका कारण मृत्यु भएको छ । यसअघि ११ जना संक्रमितको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो ।शुक्रबार सांघाईमा २० हजार ६३४ जना नयाँ संक्रमित भेटिएका थिए । पछिल्लो पटक कोभिडबाट मृत्यु भएका व्यक्तिहरु बृद्धबृद्धा रहेको चीन सरकारले जनाएको छ । 

उनीहरूमा  स्वास्थ्यसम्बन्धी दीर्घकालीन समस्या रहेको पनि जनाइएको छ । त्यस्तै उनीहरू कसैले पनि कोभिड खोप नलगाएको सरकारले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस