युद्धको भयले छिमेकी देशमा शरण लिन पुगेका यूक्रेनी नागरिकहरु घर फर्कन थालेका छन्। यूक्रेनमा रुसले आक्रमण शुरु गरेपछि छिमेकी देशमा शरण लिन पुगेका यूक्रेनीहरु युद्ध शान्त हुने संभावना पछि घर फर्कन थालेका छन्।
रुसले युक्रेनमा आक्रमणको शिलशिला तुलनात्मक रुपमा कम गर्न थालेको छ। अहिले रुसले मारिपोलमा आक्रमण गरिरहेको छ। अन्य ठाउँबाट रुसी सेना फर्किसकेका छन्।यूक्रेनीहरु अहिले पोल्याण्ड–यूक्रेनको बोर्डरमा लाइनबद्ध रहेका छन्। युक्रेनमा युद्ध शुरु भएपछि ५० लाख भन्दा बढी मानिसहरु यूक्रेन छोडेर अन्य देशमा शरण लिन गएका थिए।संयुक्त राष्ट्रसंघका अनुसार अहिले ३० हजार मानिसहरु दैनिक रुपमा घर फर्किरहेका छन्। यस्तै हंगेरीबाट पनि यूक्रेनीहरु आफ्नो देश फर्किरहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० बैशाख २०७९, १२ : ०६
लेखकबाट थप