९४ प्रतिशतभन्दा बढी विद्यार्थी एसईईमा सहभागी

सफल खबर संवाददाता

शुक्रबार, ०९ बैशाख २०७९, १५ : ३०
९४ प्रतिशतभन्दा बढी विद्यार्थी एसईईमा सहभागी

काठमाडौं ।यस पटकको माध्यमिक शिक्षा परीक्षा ( एसईई) मा ९४ प्रतिशतभन्दा बढी परीक्षार्थीले सहभागिता जनाएका छन्। शुक्रबारबाट सञ्चालन भएको परीक्षामा गत वर्षभन्दा भने कम परीक्षार्थीको सहभागिता रहेको छ।

शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख तिलक भट्टराईका अनुसार जिल्लाका ६ वटै परीक्षा केन्द्रमा गरी ९४ दशमलव ५० प्रतिशत परीक्षार्थी सहभागी छन्। एसईईका लागि एक हजार १४६ जनाले परीक्षामा आवेदन भरेकामा एक हजार ८३ जनाले पहिलो दिनको परीक्षामा सहभागीता जनाए।सहभागिता जनाउनेमा छात्राको संख्या ५२१ र छात्रको संख्या ५६२ छ। परीक्षामा ६३ जना भने अनुपस्थित भए। पहिलो दिनको अंग्रेजी विषयको परीक्षा जिल्लाभर शान्तिपूर्ण किसिमले सञ्चालन भएको थियो।

केन्द्र नभएका विद्यालयका परीक्षार्थीे नजिकको परीक्षा केन्द्रमा सहभागिता जनाएका थिए। गत वर्ष ९८ प्रतिशत परीक्षार्थीले परीक्षा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस