काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले पार्टी भित्र पनि राम्रा कम्युनिस्ट रहेको बताएका छन् ।
पेरिसडाँडामा आयोजित नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले भन्दैमा सबै खराब नभएको बताए ।
‘नेकपा एमालेका कामरेडलाई म स्मरण गर्न चाहन्छु । एमालेका नेता/कार्यकर्ताले विश्वास र भरोस गरेका थिए । एमाले भन्दैमा सबै खराब छैनन् । त्यहाँ पनि राम्रा कम्युनिस्ट छन्,’ अध्यक्ष प्रचण्डले भने ।
एमालेको नेतृत्वमा गलत व्यक्ति बसेका कारण धेरैलाई एमाले पार्टी नै खराब हो भन्ने परेको उनले जनाए । एमालेको नेतृत्वमा गलत व्यक्ति पर्दा त्यहाँ रहेका इमान्दरा कम्युनिस्टलाई फुत्किन गाह्रो भएको उनले बताए ।
‘आज पार्टी स्थापना दिवसको अवसरमा सम्पूर्ण एमाले भित्रका ती इमान्दार कम्युन्सिट जुन साच्चै बाम गठबन्धनको पक्षमा अहिले हुनुहुन्छ, कम्युनिस्टहरुको एकता आवश्यक छ भन्ने ठान्नुहुन्छ उहाँहरुलाई गलत प्रवृतिकाविरुद्ध संघर्ष गर्न प्रेरणा मिलोस्,’ अध्यक्ष प्रचण्डले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ बैशाख २०७९, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी
प्रचण्डको जित सुनिश्चित
भुमेको ४ वटा वडाको मत सार्वजनिक, प्रचण्डले एक हजार मतले लिड
शान्तिपूर्ण निर्वाचन गराएकोमा सरकारलाई प्रचण्डले दिए धन्यवाद
नयाँ र पुरानो भन्ने गलत भाष्य बनाइयो, यो देशको हितमा छैन: प्रचण्ड