बस पल्टिँदा १७ जना घाइते

शनिबार, २३ मंसिर २०७४, १५ : ३६
बस पल्टिँदा १७ जना घाइते

राजविराज, २३ मंसीर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आज बस पल्टिँदा १७ यात्रु घाइते भएका छन् । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ४९० नं को बसले विपरीत दिशाबाट आइरहेको को१च ५७९ नं को एम्बुलेन्स एक आपसमा ठोकिँदा बस पल्टिएको हो । 

इलाका प्रहरी कार्यालय भारदहका अनुसार बसमा सवार १६ यात्रु र एम्बुलेन्स चालक घाइते भएका छन् । घाइतेमध्ये १० जनाको विराटनगरस्थित गोल्डेन अस्पताल र अन्य सातको भारदह अस्पतालमा उपचार भइरहेको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस