भरतपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

सफल खबर संवाददाता

विहीबार, ०८ बैशाख २०७९, १६ : ४१
भरतपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

चितवन । निर्वाचन आयोगले बिहीबार चितवनको सात पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । भरतपुर महानगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो भने ६ पालिकाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृतसहित १० जना कर्मचारी खटाइएको छ । निर्वाचन अधिकृतको कार्यालयमा नौ जनालाई खटाइएको छ । कार्यालयहरुले आजै निर्वाचन कार्यक्रम प्रकाशित गर्ने जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए ।

निर्वाचन कार्यक्रम र आचारसंहिताको विषयमा आज सर्वदलीय बैठक पनि बस्दै छ । जिल्ला समन्वय समितिको कार्यालयमा बैठक बस्न लागेको हो । आयोगले ११ र १२ वैशाख गते मनोनयन दर्ता गर्ने कार्यतालिका बनाएको छ ।

मनोनयन दर्ता गर्ने दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुन सक्ने भीडभाडलाई मध्यनजर गर्दै विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । चितवन उद्योग संघको आडमा रहेको उद्योग प्रशिक्षण प्रतिष्ठानको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस