कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले २०७९ साललाई माओवादी ध्रुवीकरण र एकताको वर्ष बनाउन लाग्नु पर्ने बताएका छन्। कैलालीको मसुरियामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी ध्रुवीकरण एकतामा जोडिन सबैलाई अपिल गरे।
वैद्य, विप्लव र बाबुराममा भएका नेता कार्यकर्ता माओवादी ध्रुवीकरण र एकतामा जोडिन प्रचण्डले आग्रह गरे। ‘विप्लव वैद्य बाबुरामसँग रहनु भएका कमरेडहरु अबिलम्ब ध्रुवीकरणमा आउँन आग्रह गर्दछु। तपाईहरुलाई भेदभाव गरिने छैन। माओवादी बलियो भएन भने जनता र देशले दुख पाउँछ । महान ध्रुवीकरणमा जोडिन आग्रह गर्दछु’प्रचण्डले भने, ‘यदी उहाँहरु ढिला गर्नु भयो उहाँहरु व्यक्ति रहनु हुने छ संस्था रहने छैन।’ आफू रातदिन माओवादी ध्रुवीकरण र एकीकरणमा लागि परेको प्रचण्डले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ बैशाख २०७९, १६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
‘प्रचण्ड’ र वर्षमान रोल्पाबाट उम्मेदवार सिफारिस
क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध हुन ‘प्रचण्ड’को अपिल
प्रचण्डलाई उम्मेदवार बन्न सात ठाँउबाट अफर, कहाँबाट लड्लान् चुनाव ?