कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले २०७९ साललाई माओवादी ध्रुवीकरण र एकताको वर्ष बनाउन लाग्नु पर्ने बताएका छन्। कैलालीको मसुरियामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी ध्रुवीकरण एकतामा जोडिन सबैलाई अपिल गरे।
वैद्य, विप्लव र बाबुराममा भएका नेता कार्यकर्ता माओवादी ध्रुवीकरण र एकतामा जोडिन प्रचण्डले आग्रह गरे। ‘विप्लव वैद्य बाबुरामसँग रहनु भएका कमरेडहरु अबिलम्ब ध्रुवीकरणमा आउँन आग्रह गर्दछु। तपाईहरुलाई भेदभाव गरिने छैन। माओवादी बलियो भएन भने जनता र देशले दुख पाउँछ । महान ध्रुवीकरणमा जोडिन आग्रह गर्दछु’प्रचण्डले भने, ‘यदी उहाँहरु ढिला गर्नु भयो उहाँहरु व्यक्ति रहनु हुने छ संस्था रहने छैन।’ आफू रातदिन माओवादी ध्रुवीकरण र एकीकरणमा लागि परेको प्रचण्डले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ बैशाख २०७९, १६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’