काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसलाई कसैको बैशाखी जरुरी नभएको बताएका छन् । नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले कांग्रेसलाई गन्तव्यमा पुग्नका लागि कम्युनिस्टको सहारा नचाहिने बताए ।
‘मलाई लाग्दैन नेपाली कांग्रेस कमजोर छ । एक्लै लडे पनि हामी हाम्रो गन्तव्यमा पुग्नसक्छौं भन्ने आत्मविश्वास छ । कांग्रेसलाई कसैको बैशाखी चाहिएको छैन’, कोइरालाले भने ।
नेता कोइरालाले कांग्रेसको केन्द्रीय समितिको निर्णय विपरीत गठबन्धनको नाममा तालमेलको निर्णय भएको भन्दै उपयुक्त समयमा कदम चाल्ने बताए ।‘सबै कुराको लेखाजोखा निर्वाचनपछि गरौला । अहिले कांग्रेसका उम्मेदवार जिताउन हामी सबै लाग्नुपर्छ’, कोइरालाले भने ।
कोइरालाले भ्रातृ संस्थाको तदर्थ समिति गठनमा नेतृत्वले गरेका कमजोरी सच्याउन पहल गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ बैशाख २०७९, १७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी
पार्टी नटुक्रियोस् भन्ने हो, संवादबाट विवाद सल्टिन्छ : शेखर कोइराला
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
शेखर कोइरालाले गरे पार्टीको पछिल्लो अवस्था बारेमा छलफल