काठमाडौं । वैदेशिक रोजगारीमा कतार गएका र विभिन्न कारणले जेल सजाय भोगिरहेका २१ जना नेपालीले माफी पाएका छन ।
कतार सरकारले उनीहरुलाई माफी दिएकाे हाे । कतारका अमिर शेख तमिमबिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमाजानको अवसरमा त्यहाँका कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन बिताइरहेका २१ जना नेपालीलाई माफी दिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार माफी पाउनेहरु मध्ये यौनजन्य क्रियाकलापमा ३ जना , चोरीजन्य क्रियाकलापमा ११, मादकपदार्थ बिक्री वितरणमा २ जना र आर्थिक हिनामिनामा ५ जना कसुरदार ठहरी सजाय भोगिरहेका थिए ।
माफी पाएका व्यक्तिहरुलाई सम्बन्धित निकायले जानकारी गराउने प्रक्रियामा रहेको दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ बैशाख २०७९, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युएईका राजकुमारले दिए दुबईको जेलमा रहेका पत्रकार पाण्डेलाई सजाय माफी
दुर्घटनामा अमेरिकामा एक नेपालीको मृत्यु
एनआरएनएले गैरआवासीय नेपालीलाई नेपालका बैंकमा डलर खाता खोल्न अनुरोध गर्ने
एनआरएनएद्वारा भरतपुर महानगरलाई स्वास्थ्य सामग्री हस्तान्तरण
आविष्कार केन्द्रलाई बेलायतबाट बीस लाख भन्दा बढी सहयोग
हाम्रो पात्रो रेमिटबाट अब प्रति व्यक्ति १ लाख डलरसम्म पठाउन मिल्ने