काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकामा माओवादी केन्द्रले आन्तरिक चुनावबाट अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । आकांक्षी धेरै भएपछि ककनी गाउँपालिका कमिटीले आन्तरिक चुनावमार्फत अध्यक्षको उम्मेदवार छानेको हो ।
जसमा गाउँपालिका कमिटीका अध्यक्ष सुमन तामाङ ३४ मतका साथ विजयी हुँदै उम्मेदवार चयन भए । यस्तै मानबहादुर लामाले १८ मत ल्याए भने अर्का दाबेदार शक्ति लामाले जम्मा १ मत ल्याए । यसैगरी उपाध्यक्षको उम्मेदवारमा मिठुमाया लामाको नाम टुंगो लागेको अध्यक्षका उम्मेदवार सुमन तामाङले जानकारी दिए । सल्लाहकारसहित कुल ६२ मत रहेको ककनी गाउँपालिका कमिटीमा जम्मा ५३ मत खसेको थियो ।
ककनी गाउँपालिकामा २०७४ को स्थानीय निर्वाचनमा माओवादीकै उम्मेदवार मानबहादुर लामा विजयी भएका थिए । अर्को कार्यकालका लागि पनि उनले आकांक्षा देखाएको भएपनि आन्तरिक चुनावमै पराजित भएपछि उनको चाहना पूरा हुन पाएन । ककनीमा सत्ता गठबन्धनबीच तालमेल भएको अवस्थामा आफूहरुले नेतृत्व पाउनुपर्ने दाबी माओवादी केन्द्रले गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ बैशाख २०७९, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ
रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज
विष्णु पौडेल उम्मेदवार रहेको रुपन्देही-२ मा काँग्रेसलाई राप्रपाको समर्थन
समानुपातिक बन्दसूचीबाट हटाइए ७६ जना उम्मेदवार
२०७९ मा भन्दा झण्डै प्रत्यक्षमै एक हजार बढी उम्मेदवार
उम्मेदवार खरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन