पोखराको मेयरमा एकीकृत समाजवादीबाट ६ जनाको नाम सिफारिस

सफल खबर संवाददाता

आइतबार, ०४ बैशाख २०७९, १८ : २४
पोखराको मेयरमा एकीकृत समाजवादीबाट ६ जनाको नाम सिफारिस

पोखरा । नेकपा एकीकृत समाजवादीले पोखराको मेयरका लागि ६ जनाको नाम सिफारिस गरेको छ । जिल्ला अध्यक्ष धनराज आचार्यसहित महानगर इन्चार्ज श्रीनाथ बराल, मदनकाजी श्रेष्ठ, विजयबाबु बनबासी, दामोदर शर्मा र प्रेमबहादुर थापाको नाम सिफारिस भएको छ ।

६ वैशाखसम्म आकांक्षीले नाम टिपाउन पाउने बताइएको छ । यसैबीच, उपमेयरमा ३ जनाको नाम प्रस्ताव गरिएको छ । होमबहादुर नेपाली, पूर्ण लामा र संगीता केसीलाई उपमेयरमा सिफारिस गरिएको अध्यक्ष धनराज आचार्यले बताए ।

उनका अनुसार जिल्लाका ७२ वटै वडामा अध्यक्षसहित चार सदस्य र पालिकाको अध्यक्ष उपाध्यक्षको नाम पनि सर्वसम्मतबाट सिफारिस गरिएकाे छ । अन्नपूर्णमा प्रेम पौडेल, माछापुच्छ्रेमा असिम गुरुङ, मादीमा मधुसुदन देवकोटा र रुपामा कपिल पौडेल सर्वसम्मत अध्यक्षको सिफारिस भएका हुन् ।

धनराज र श्रीनाथ महानगरमा हेभीवेट नाम हुन् भने अरुले चर्चाका लागि मात्र नाम दर्ता गरेको एक नेताले बताए । ‘नाम टिप्दैमा टिकट पाइने होइन । तर मनपरी नाम आयो,’ उनले भने, ‘अब यो नाम प्रदेशमा जान्छ । त्यहाँबाट छाँटिएर केन्द्रमा पुग्ला ।’

अहिले प्रस्तावित नामबाट प्रदेश कमिटीले दुई पुरुष र एक महिलाको मात्र नाम केन्द्रमा पठाउने आचार्य बताउँछन् ।

प्रतिक्रिया दिनुहोस