साढे ३ वर्षमा जुवातास खेलिरहेको अवस्थामा साढे १२ हजार बढी पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०४ बैशाख २०७९, १६ : ३०
साढे ३ वर्षमा जुवातास खेलिरहेको अवस्थामा साढे १२ हजार बढी पक्राउ

काठमाडौंं । प्रहरीले पछिल्लो साढे तीन वर्षको अवधिमा नेपालको विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा साढे १२ हजारभन्दा बढी जनालाई पक्राउ गरेको छ ।आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ को फागुनसम्मको अवधिमा उनीहरुलाई पक्राउ गरिएको नेपाल प्रहरीले जनतापाटीलाई बताएको छ । 

प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिना (साउनदेखि फागुनसम्म) को अवधिमा २ हजार ७ सय जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।

यस आर्थिक वर्ष पक्राउ पर्नेमा २ हजार ५८२ जना पुरुष र ११८ जना महिला रहेका छन् । सोही अवधिमा ६१ जना विरुद्ध मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।चालु आर्थिक वर्षको पहिलो आठ महिनामा जुवातास खेल्नेहरुबाट प्रहरीले ५ करोड ४८ लाख ४४ हजार २७५ रुपैयाँ नगद बरामद गरेको छ । प्रहरीले सबैभन्दा बढी नगद बरामद काठमाडौं उपत्यकाबाट गरेको छ । यसवर्ष उपत्यकाबाट मात्रै २ करोड ५७ लाख ७८ हजार ५४२ रुपैयाँ नगद प्रहरीले बरामद गरेको छ । 

प्रहरीको तथ्याङ्क अनुसार प्रदेश १ बाट २६ लाख ९४ हजार ४८४ रुपैयाँ, मधेस प्रदेशबाट १५ लाख ११ हजार ८५९ रुपैयाँ, बागमती प्रदेशबाट ४० लाख ६८ हजार ६५० रुपैयाँ (काठमाडौं उपत्यका बाहेक), गण्डकी प्रदेशबाट १ करोड १३ लाख २ हजार ९५१ रुपैयाँ, लुम्बिनी प्रदेशबाट ४६ लाख ४५ हजार ७ सय रुपैयाँ, कर्णाली प्रदेशबाट १३ लाख २० हजार ४९९ रुपैयाँ र सदुरपश्चिम प्रदेशबाट ३५ लाख १७ हजार ५९० रुपैयाँ नगद बरामद गरिए

प्रतिक्रिया दिनुहोस