नवलपरासी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले महानगर र उपमहानगरमा माओवादीलाई फाइदा हुने गरी आइतबार केन्द्रीय गठबन्धनले निर्णय गर्ने बताएका छन् ।
महानगर र उपमहानगरपालिकामा माओवादीलाई धेरै फाइदा हुने गरी आइतबार गठबन्धनले निर्णय गर्ने उनले सुनाए । 'हामीले निर्णय गर्छौं ढुक्क हुनुस् हामीलाई फाइदा हुने गरी भोलि नै (आइतबार) केन्द्रमा गठबन्धनको निर्णय आउँछ, दाहालले भने अरु तल तलका पालिकामा सबैलाई फाइदा हुन्छ । त्यसमा तपाइँहरु ढुक्क हुनुहोस् । गठबन्धन राष्ट्रिय आवश्यकता हो । महानगर र उपमहानगरमा हामीले धेरै लिने गरी गठबन्धनको निर्णय आउँछ', उनले भनेका छन् ।
माओवादी केन्द्र पूर्वी नवलपरासीद्वारा दल्दलेमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । यस क्रममा दाहालले आगामी तीन वटै निर्वाचनमा सरकारमा रहेका गठबन्धन दलहरुबीच चुनाबको तालमेल हुने पनि दाबी गरेका थिए ।
यो निर्वाचन माओवादीका लागि ठूलो लडाइँ भएको भन्दै दाहालले यो निर्वाचनमा माओवादीले जिते संविधान र गणतन्त्र जोगिने नत्र धरापमा पर्ने बताएका थिए । यसका लागि सबै चनाखो भएर जिताउन लाग्नुपर्ने भन्दै उनले कार्यकर्तालाई आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ बैशाख २०७९, १७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’