पहिलो जितको खोजीमा मुम्बई

सफल खबर संवाददाता

शनिबार, ०३ बैशाख २०७९, १० : ५१
पहिलो जितको खोजीमा मुम्बई

  काठमाडौं ।  न्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज (शनिबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जाइन्टसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ मा सुरु हुनेछ । मुम्बई आजको खेलमा मुम्बई पहिलो जितको खोजीमा हुनेछ । लिगमा ५ खेल खेलेको मुम्बई जित विहिन हुँदै तालिकाको पुछारमा छ ।

आजको खेलमा पराजित भएमा मुम्बईको सेमिफाइनल सम्भावना कमजोर बन्ने छ । आज नै हुने अर्काे खेलमा दिल्ली क्यापिटल्सले रोयल्स च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । अजाको खेलमा दिल्ली तेस्रो जित निकाल्दै आफूलाई तालिकामा बलियो बनाउने योजनामा छ । लिगमा ४ खेल खेलेको दिल्ली ४ अंक जोडेर तालिकाको आठौं स्थानमा छ । यता लिगमा ५ खेल खेलेको बैंगलोर ६ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस