मल अभावमा केरा खेती धमाधम मासिँदै

सफल खबर संवाददाता

शनिबार, ०३ बैशाख २०७९, १० : २७
मल अभावमा केरा खेती धमाधम मासिँदै

 काठमाडौं । झापामा केराखेती गर्दै आएका किसानले रासायनिक मल अभावका कारण संकटमा छन् । यसबाट केराको उत्पादन घट्नाका साथै खेती खुम्चिन थालेको छ । आम्दानी सोचेभन्दा कम हुने गरेको छ । 
विगतमा पकेट, ब्लक क्षेत्र घोषणा गरेर सरकारी अनुदान लिएका किसानले पछिल्लो समय भाडामा लिएको जग्गासमेत जग्गा धनीलाई नै फर्काउँदै केराको खेती घटाउन थालेका छन् । स्थानीय किसानको जग्गा पाँच वर्षका लागि भागमा लिएर सामूहिक केराखेती सुरु गरे पनि तीन वर्षमै लगानीसमेत उठ्न नसकेपछि जग्गा फिर्ता गर्दै केरा खेती मास्न थालेका हुन् । 

केराखेती गर्ने यहाँको सबैभन्दा ठूलो फार्मका रुपमा परिचित दुर्गामाता तथा कोलाखेती कृषि फार्मले यसपाली लगभग १०० बिघा जग्गाको केराखेती मासेको छ ।केराखेती गर्नका लागि युरिया, डिएपी, पोटास र फस्फोरस मलको आवश्यकता पर्दछ । विगतमा कृषि ज्ञान केन्द्रको सिफारिसका आधारमा साल्ट ट्रेडिङको कार्यालयले आवश्यक मात्रामा मल दिने गरेको थियो स्थानीय तहका सहकारीमार्फत पाइने हुँदा हामी जस्ता फार्म खोलेर खेती गर्दै आएको किसानलाई समस्या छ ।


 

प्रतिक्रिया दिनुहोस