आज हनुमान जन्मजयन्ती मनाइँदै

सफल खबर संवाददाता

शनिबार, ०३ बैशाख २०७९, १० : १४
आज हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौं । चैत्र शुक्ल पूर्णिमा । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन हनुमान जन्मजयन्ती मनाइँदै आइएकाे छ ।आज देशभर विभिन्न कार्यक्रमकाे आयाेजना गरी हनुमान जन्मजयन्ती मनाइने छ। रामभक्त हनुमानकाे पूजाआराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने  जनविश्वास रही आएकाे छ ।

आजकाे दिनमा विशेषगरी हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमान लगायतका विभिन्न हनुमान मन्दिरमा पूजा आराधना गरिन।यस अवसरमा आज स्त्री–पुरुष, बाल–वृद्ध सबैले पवित्र नदीमा स्नान गरी व्रत एवं पूजा आराधना गर्दछन् । 

हनुमानलाई पवनपुत्र भनिन्छ । उनकाे पालनपाेषण पवनले गरेका थिए ।हनुमानलाई बजरङ्गबलि पनि भन्ने गरिन्छ किनकि उनकाे शरीर एक बज्रको समान थियो।हनुमानले जुनसुकै रूप धारण गर्न सक्ने जनविश्वास रहेकाे छ ।विष्णु अवतार मानिने रामलाई सहयाेग गर्न शिवले हनुमानकाे अवतार लिएकाे वैदिक शास्त्रले जनाउँछन् ।

प्रतिक्रिया दिनुहोस