काठमाडौं । बजारमा काँचो सुनको मौज्दात सकिएपछि सुनचाँदीको व्यवसाय सुस्ताएको छ। बिबाहलगायका सामाजिक तथा धार्मिक कार्यका सिजन हुँदा पनि व्यवासायीले उपभोक्ताको माग पूरा पार्न पाएका छैनन् ।
रसिया र युक्रेनबीचको द्वन्द्वका कारण अन्तराष्ट्रिय बजार नै सुनको मूल्य बढ्दा नेपाली बजारमा प्रतितोला एक लाख दुई हजार रुपैयाँभन्दा माथि पुगेको छ। सुनको मूल्य आधिक बढेपछि नयाँ सुन खरिद गर्नभन्दा पनि ग्राहकले पुरानो गरगहना गालेर नयाँ बनाउँदै आवश्यकता पूरा गर्न थालेको व्यवसायीहरू बताउँछन्।
सुनको माग हुने मुख्य सिजनमा पनि सुन अभाव भएपछि अबैधरूपमा सुन भित्रिने चिन्ता बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिक रत्न शाक्यले बताए । नेपाल राष्ट्र बैंकले बिलासिताका बस्तुहरू आयातका लागि प्रतीतपत्र (एलसी) नखोल्न चैत अन्तिम साता वाणिज्य बैङ्कहरूलाई निर्देशन दिएपछि बैंकहरूले सुन आयात नगरेको खबर गोरखापत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०३ बैशाख २०७९, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मुल्य हालसम्मकै महँगो, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ घट्यो, चाँदीको बढ्यो : कतिमा हुदैछ कारोबार ?
सुनसंगै चाँदीको मुल्य पनि आकसियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?
एक सातामा सुनको मूल्य तोलामै बढ्यो ८ हजार ९०० रुपैयाँ
सुनको मूल्य २ लाख ५० हजार नाघ्यो, कतिमा हुदैछ कारोबार ?