काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गठबन्धनमा मुगुका चार दल छलफलमै ब्यस्त छन् ।
केन्द्रबाटै जिल्लामा स्थानीय तहको आवश्यकता अनुसार तालमेल गर्ने भनेर सर्कुलर भएपछि यहाँ गठबन्धन दलका नेताहरु छलफलमा व्यस्त बनेका हुन् ।
तालमेलको विषयमा छलफल गर्न नेपाली कांग्रेसका जिल्ला सभापति ऐन बहादुर शाही, एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य कर्णाली प्रदेशका सह ईन्चार्ज तथा प्रदेश सरकारका भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्र बहादुर शाही, नेकपा माओवादि केन्द्र र जसपाका जिल्ला स्तरीय नेताहरु छलफलमा जुटेका हुन् ।
उनीहरुले तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गरेको करिब एक हप्ता भइ सकेको छ । तर हालसम्म टुगो लाग्न सकेको छैन ।
शुक्रबार दिउँसो बसेको गठबन्धनको बैठकमा पनि कुनै सहमति जुट् सकेन । बैठक भोलि विहान ७ बजे पुन बस्ने कांग्रेसका जिल्ला सभापति शाहीले बताए । 'हामी भोलि नै टुंगो लगाउँछौं, र भोलि नै केन्द्रमा तालमेलको विषयमा जानकारी गराउँछौं ' उनले भने ।
निर्वाचन नजिकिँदै जादा यति खेर उम्मेवादार छनोटमा जानु पर्ने हो । तर उनीहरु उम्मेदवार त परै जाओस् तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा समेत सहमत हुन सकेका छेनन् ।
कर्णाली प्रदेशका सत्तारूढ दलहरुले आज भागबण्डाको लागि निर्णयक छलफल सुरु गरेका छन् । कर्णालीका सबै जिल्लामा गठबन्धनको बैठक सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ बैशाख २०७९, २१ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
कोशी प्रदेश : सभामुखलाई राजीनामा गराएरै भएपनि नेतृत्व लिने गठबन्धनको तयारी
कोशीमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय
गठबन्धनमा देखिएको विमतिलाई अन्त्य गरेर बजेट पास गर्ने बालुवाटारमा सहमति
सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बस्दै
सत्तारुढ गठबन्धन दलको बैठक बस्दै