काठमाडौं । नेपाली कांग्रेसले पार्टीको पक्षमा उत्कृष्ट गीत बनाउनेलाई पुरस्कृत गर्ने भएको छ ।
कांग्रेसले उत्कृष्ट अडियो–भिडिओ बनाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने जनाएको हो ।
कांग्रेस स्थानीय निर्वाचन केन्द्रीय प्रचार-प्रसार समितिअन्तर्गतको सांस्कृति समन्वय उपसमितिले उत्कृष्ट अडियो–भिडियो निर्माण गरेर त्यसको लिंक उपसमितिको फेसबुक म्यासेन्जरमा पठाउन सकिने जनाएको छ ।
गीतमध्ये दर्शक, श्रोता र छनोट समितिको निर्णयका आधारमा उत्कृष्ट ठहरिने उपसमिति संयोजक डी.बी. गुरुङले बताए ।
उनले त्यसरी छनोट भएको गीतलाई पुरस्कार प्रदान गरिने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ बैशाख २०७९, १९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक