काठमाडौं। नेकपा नेकपा एमाले नुवाकोटका नेता माधवप्रसाद पाण्डे पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
उनलाई माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरे । पाण्डे नेतृत्वमा एक सय कार्यकर्ता प्रवेश गरेको माओवादीले दाबी गरेको छ।
‘एमालेका अध्यक्ष केपी ओली नुवाकोट गएको भन्ने सुनेँ,’ पाण्डेलाई स्वागत गर्दै प्रचण्डले भने, ‘तर माधव पाण्डेको नेतृत्वमा एमालेका नेता कार्यकर्ताहरु माओवादीमा प्रवेश गर्नुभयो । यो सुखद संयोग हो ।’
पाण्डे नुवाकोटको बेलकोटगढी १३ का स्थायी बासिन्दा हुन । एमालेमा रहँदा उनले बेलकोटगढी नगरपालिकामा मेयर पदमा दाबी गरेका थिए । त्यस्तै सञ्जीव कुमार साहको नेतृत्वमा मधेश र सुदूरपश्चिम क्षेत्रका ५ सय जना एमाले र कांग्रेसबाट प्रवेश गरेको माओवादीले दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ बैशाख २०७९, १७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै