विभिन्न देशका लागि प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान

सफल खबर संवाददाता

शुक्रबार, ०२ बैशाख २०७९, १४ : २९
विभिन्न देशका लागि प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले विभिन्न देशका लागि प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले प्रस्तावित राजदूतविरुद्ध संसदीय सुनुवाई गर्नु अघि कुनै उजुरी भए १० दिनभित्र समितिमा पठाउन भनिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

समितिको कार्यालय सिंहदरबार, इमेल, हुलाक तथा जिल्ला प्रशासन कार्यालयबाट समेत उजुरी दर्ता गर्न सकिनेछ । समितिमा उपस्थित नै भएर पनि उजुरी दिन सकिने व्यवस्था गरिएको सभापति कर्णले बताए ।

यसअघि चैत्र २४ गते बसेको मन्त्रीपरिषद्को बैठकले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । नेपालको संविधान अनुसार नियुक्ति अघि राजदूतको संसदीय सुनुवाइ हुने व्यवस्था छ । सुनुवाइ समितिले सिफारिस अनुमोदन गरे नियुक्तिको प्रक्रिया अगाडि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस