काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेमा ८० प्रतिशत नेताहरु इमान्दार कम्युनिष्ट रहेको तर नेतृत्वले बन्दी बनाएको जिकिर गरेका छन् ।
आफ्नै निवास खुमलटारमा आयोजित ‘माओवादी ध्रुवीकरण र एकता कार्यक्रम’मा बोल्दै उनले एमालेमा त्यतिका धेरै इमान्दा नेताहरु भएपनि नेतृत्वले भ्रम छरेर राखेको दाबी गरे ।
‘एमालेभित्र पनि ८० प्रतिशतभन्दा बढी इमानदार कम्युनिस्ट छन् । एमालेमा सबै खराब छन् भन्ने होइन,’ प्रचण्डले भने, ‘त्यहाँ क्रान्ति भइदिए हुन्थ्यो भन्ने चाहना राख्नेहरू छन् । तर, नेतृत्व चाबीजस्तो हो । नेतृत्वले यति भ्रम दिएर राखेको छ, तिनीहरूलाई बन्दी बनाएर राखेजस्तो लाग्छ,’
अध्यक्ष प्रचण्डले त्यो भ्रमलाई चिराएर उक्त समूहको नेतृत्व आफूहरुले गरिनुपर्ने बताए । उनले भने, ‘एमालेभित्रका कम्युनिस्टहरू प्रतिक्रान्तिकारी, प्रतिगमनकारी प्रवृत्ति र नेतृत्वको बन्दी बन्न बाध्य भएको छन् । उक्त नेतृत्वबाट मुक्त गरेर उनीहरूको नेतृत्व हामीले गरिनुपर्दछ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ बैशाख २०७९, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड