सिमरामा गोली लागेर एक युवकको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०१ बैशाख २०७९, १२ : ०२
सिमरामा गोली लागेर एक युवकको मृत्यु

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ मा गोली लागेर एक युवकको मृत्यु भएको छ । गोली लागेर जितपुर सिमरा उपमहानगरपालिका– १६ का २८ वर्षीय सागर सिञ्जालीको मृत्यु भएको हो ।

गोली गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिहीवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले बताए । राती गाउँका अन्य युवाहरूसँगै गाउँ नजिकैको धर्मनगरस्थित बालगंगा नदीमा पुगेका सिञ्जाली शिकारीले चलाएको गोली लागेर गम्भीर घाइते भएका थिए । स्थानीयको सहयोगमा उनलाई उपचारका लागि वीरगञ्जस्थित वयोधा अस्पतालमा भर्ना गरिएको थियो ।

प्रहरीका अनुसार मृतकको शव अस्पतालमै राखिएको र घटनाबारे थप विवरण आउन बाँकी छ । वन क्षेत्र नजिकै रहेका बस्तीका मानिसहरू घरेलु हातहतियार तथा भरुवा बन्दुकबाट वन्यजन्तुको चोरी शिकारी गर्दै आएका स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस