काठमाडौं । नुवाकोट, अर्घाखाँची, भोजपुर र नवलपरासी (पूर्व)मा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । नुवाकोटको ककनी गाउँपालिका–२ सिउडेनीमा मंगलबार बा.३ क १६६६ नम्बरको गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने ११ वर्षीया स्मृती तामाङ रहेकी छन् । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ बेलहापुलस्थित खेतमा लु.४ त ६१६८ नम्बरको ट्रयाक्टर मंगलबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरका सहचालक सन्धिखर्क नगरपालिका–१२ डिभर्ना बस्ने २३ वर्षीय तिरन जिसि रहेका छन् ।
भोजपुरको रामप्रसादराई गाउँपालिका–५ कावाखोलामा प्र.१–०२००३ त २२४९ नम्बरको ट्रयाक्टर मंगलबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–७ बासिखोरा बस्ने २० वर्षीय जेबि राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
नवलपरासी (पूर्व)को देवचुली नगरपालिका–१४ मा बा.प्र.३–००३ प २०४८ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार स्याङ्जा घर भएका ३३ वर्षीय धन बहादुर रानाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० चैत्र २०७८, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत
कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते
बसको ठक्करबाट युवतीको मृत्यु
एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते
दाउन्नेमा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, १५ घाइते