अर्घाखाँची । अर्घाखाँचीकाे पाणिनी गाउँपालिका-८ पालीमा ट्याक्टरले किच्दा एक बालिकाकाे ज्यान गएकाे छ ।
अर्वका आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्ने ११ वर्षीया बालिका नमुना कुमाललाई लु२त ९३७१ नम्वरकाे ट्याक्टरले किचेकाे र उनकाे घटनास्थलमै ज्यान गएकाे हाे । ट्याक्टरमा बसेर विद्यालय जाँदै गरेकी बालिका कुमाल स्कुल नजिकै पुगेपछि ट्याक्टरबाट खसेकाे र ट्याक्टरकाे बीचकाे टायरले किचेकाे प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
विद्यालयका शिक्षक पदम पाैडेलका अनुसार बुधबार बिहान करिब ९ बजेतिर दुर्घटना भएकाे हाे । मृतक बालिका परीक्षा दिन विद्यालय जाँदै थिइन् । विद्यालय आउनै लागेपछि बालिका आत्तिएर झरेकाे र ब्रेक लगाउँदा लगाउँदै बीचकाे टायरमा टाउकाे परेकाे स्थानीयले बताए ।
हाल ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइसकेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० चैत्र २०७८, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत
कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते
बसको ठक्करबाट युवतीको मृत्यु
एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते
दाउन्नेमा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, १५ घाइते