अर्घाखाँची । अर्घाखाँचीकाे पाणिनी गाउँपालिका-८ पालीमा ट्याक्टरले किच्दा एक बालिकाकाे ज्यान गएकाे छ ।
अर्वका आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्ने ११ वर्षीया बालिका नमुना कुमाललाई लु२त ९३७१ नम्वरकाे ट्याक्टरले किचेकाे र उनकाे घटनास्थलमै ज्यान गएकाे हाे । ट्याक्टरमा बसेर विद्यालय जाँदै गरेकी बालिका कुमाल स्कुल नजिकै पुगेपछि ट्याक्टरबाट खसेकाे र ट्याक्टरकाे बीचकाे टायरले किचेकाे प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
विद्यालयका शिक्षक पदम पाैडेलका अनुसार बुधबार बिहान करिब ९ बजेतिर दुर्घटना भएकाे हाे । मृतक बालिका परीक्षा दिन विद्यालय जाँदै थिइन् । विद्यालय आउनै लागेपछि बालिका आत्तिएर झरेकाे र ब्रेक लगाउँदा लगाउँदै बीचकाे टायरमा टाउकाे परेकाे स्थानीयले बताए ।
हाल ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइसकेकाे प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० चैत्र २०७८, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लमजुङमा जिप दुर्घटना, दुईको मृत्यु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु
गौरबाट काठमाडौँतर्फ गइरहेको बस चितवनको टिकौलीमा दुर्घटना, ३३ जना घाइते
रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते
कपिलवस्तुमा बस दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते