काठमाडौँ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर एक लाख एक हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको एक लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार रुपैयाँ निर्धारण भएको छ ।आज चाँदीको भाउ पनि बढेको छ । मंगलबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा २० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० चैत्र २०७८, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य स्थिर, कति छ आज तोलाको ?
सुनको भाउ बढ्यो, चाँदी घट्यो
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य स्थिर, कति छ आज तोलाको ?