जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका २ बाबिरामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले जुम्ला सदरमुकाम खलंगादेखि कालिकोटको नाग्म जाँदै गरेको भे १ ज १२२० नम्बरको जिप दुर्घटना हुँदा सबै १० जना यात्रु घाइते भएकाे बताए ।
घाइतेलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याउँदै गरिएको छ । ‘अहिले घाइतेको उद्धार भइरहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट एम्बुलेन्स घाइते ल्याउन गइरहेको छ,' डीएसपी चन्दले भने ।
तीव्र गतिमा आएको भ्यान सिधै सडकबाट खोलामा खसेकाे स्थानीय लोकबहादुर दमाइले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ चैत्र २०७८, १७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लमजुङमा जिप दुर्घटना, दुईको मृत्यु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु
गौरबाट काठमाडौँतर्फ गइरहेको बस चितवनको टिकौलीमा दुर्घटना, ३३ जना घाइते
रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते
कपिलवस्तुमा बस दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते