काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रहेका सबै गैरआवासीय नेपालीलाई नेपालका कुनै पनि बैंकमा डलर खाता खोल्न अनुरोध गर्ने भएको छ । संघको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
‘छलफलमा विदेशमा रहेका सबै गैरआवासीय नेपालीलाई नेपालका कुनै पनि बैंकमा डलर एकाउन्ट खोल्न अनुरोध गर्ने र एकाउन्ट बाट कम्तीमा एक हजार डलर सम्बन्धित देशको बैंकमार्फत नेपाल मा ट्रान्सफर गर्न अनुरोध गर्ने निर्णय गरेको छ,’ संघद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
सोमबार संघका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले विदेशी मुद्रा (डलर)को कमीलाई कसरी कम गर्न सकिन्छ भनेरे अर्थमन्त्री, राष्ट्रबैंकका गभर्नर लगायतको उपस्थितिमा १३ अप्रिलमा जुममार्फत छलफल गर्ने कार्यक्रम पनि तय गरेको छ ।
यसैगरी बैठकले विदेशबाट अनलाइनमार्फत डलर खाता खोल्दा आइपर्ने प्राविधिक समस्याका बारेमा अध्ययन गरि नेपाल सरकारका प्रतिनिधिलाई जानकारी दिन उपाध्यक्ष भूषण घिमिरेको नेतृत्वमा सबै उपाध्यक्ष रहने गरि एक कार्यदल समेत गठन गरेको छ ।
आकस्मिक बैठकले कोषाध्यक्षहरुको नेतृत्वमा सबै सहकोषाध्यक्ष रहने गरी डलर खाता खोल्नको लागि चाहिने कागजी प्रक्रिया र आर्थिक पक्षको अध्ययन गरी सबै गैरआवासीय नेपालीलाई जानकारी गराउने र एकाउन्ट खोल्न सहजीकरण गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ चैत्र २०७८, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की
एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण
संकटको सारथि बन्दै श्रेष्ठ नेतृत्वको एनआरएनए
सर्वोच्चमा आज एनआरएनएको मुद्दामा सुनुवाइ, के आउला फैसला ?