काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहरी विकास नीति, सहरी विकास ऐनको विधेयकसँगै एकीकृत कोरिडोर निर्माणसम्बन्धी विधेयक बनाउन लाग्नु सकारात्मक भएको बताएका छन् ।
सहरी विकास मन्त्रालयले नीति र ऐन निर्माण गर्दै छ । विकास मोडलबारे नयाँ संविधानले अंगिकार गरेको नीतिभित्र रहेर राजनीतिक परिवर्तन सम्बोधन गर्नेगरी विधेयक निर्माण हुँदा खुसी भएको प्रचण्डले बताए ।
उनले मन्त्री रामकुमारी झाँक्रीसहित मन्त्रालयका सचिवसँगै सम्बद्ध सबैलाई धन्यवाद पनि दिए ।अन्य मन्त्रालयहरूले पनि संविधानको मर्म र भावनाअनुसार मन्त्रालयको कामलाई परिमार्जित र परिवर्तित रूपबाट गर्ने कुरामा ध्यान दिन प्रचण्डको आग्रह छ ।
सहरी विकास मन्त्रालयले मंगलबार राष्ट्रिय सहरी नीति परिमार्जन र सहरी विकास ऐन तर्जुमा विषयक छलफलमा प्रचण्डले विकासको मौलिक मोडल विकास गर्न जरुरी रहेको पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ चैत्र २०७८, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड