काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहरी विकास नीति, सहरी विकास ऐनको विधेयकसँगै एकीकृत कोरिडोर निर्माणसम्बन्धी विधेयक बनाउन लाग्नु सकारात्मक भएको बताएका छन् ।
सहरी विकास मन्त्रालयले नीति र ऐन निर्माण गर्दै छ । विकास मोडलबारे नयाँ संविधानले अंगिकार गरेको नीतिभित्र रहेर राजनीतिक परिवर्तन सम्बोधन गर्नेगरी विधेयक निर्माण हुँदा खुसी भएको प्रचण्डले बताए ।
उनले मन्त्री रामकुमारी झाँक्रीसहित मन्त्रालयका सचिवसँगै सम्बद्ध सबैलाई धन्यवाद पनि दिए ।अन्य मन्त्रालयहरूले पनि संविधानको मर्म र भावनाअनुसार मन्त्रालयको कामलाई परिमार्जित र परिवर्तित रूपबाट गर्ने कुरामा ध्यान दिन प्रचण्डको आग्रह छ ।
सहरी विकास मन्त्रालयले मंगलबार राष्ट्रिय सहरी नीति परिमार्जन र सहरी विकास ऐन तर्जुमा विषयक छलफलमा प्रचण्डले विकासको मौलिक मोडल विकास गर्न जरुरी रहेको पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ चैत्र २०७८, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड