भक्तपुर । भक्तपुरको नलिञ्चोकमा भएको मोटरसाइकल दुर्घटनामा चार महिने शिशुको मृत्यु भएको छ ।
साँगाबाट जगातीतर्फ आउदै गरेको बाग्मती प्रदेश ०२-०२१ प ६७६२ नं. को मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं १ का बुद्ध तामाङ र सुस्मिता तामाङकी चार महिनाकी छोरी लोसाङ डोल्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते शिशुलाई सिद्धि स्मृति अस्पताल प्राथमिक उपचार पश्चात थप उपचारको लागि न्युरो अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । दुर्घटनामा तीनै जना घाइते भएको बुद्ध र सुस्मिता उपचार पछि डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ चैत्र २०७८, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते