काठमाडौं । नवप्रवेशी गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो हार व्यहोरेको छ । लगातार ३ खेल जितेको गुजरात सोमबार राति भएको खेलमा सनराईजर्स हैदरावादसँग ८ विकटेले पराजित हुँदै पहिलो हार व्यहोरेको हो ।
गुजरातले दिएको १ सय ६३ रनको लक्ष्य हैदरावादले १९ ओभर १ बलमा २ विकेट गुमाएर पुरा गरेको थियो ।हैदरावादको जितमा कप्तान केन विलियम्सनले ५७ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, अभिषेक शर्माले ४२, निकोल पुरनले ३४, राहुल त्रिपाठीले १७ तथा एडेन मार्करमले १२ रन बनाए ।
गुजरातका हार्दिक पान्ड्या र राशिद खानले १/१ विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन बनायो । गुजरातका कप्तान हार्दिकले ५० रनको अविजित अर्धशतकीय इनिङ खेले । यस्तै, अभिनव मनोहरले ३५, म्याथ्यु वेडले १९, डेभिड मिलरले १२ तथा साइ सुदर्शनले ११ रन बनाए ।हैदराबादका भुवनेश्वर कुमार र टी नाटराजनले २/२ तथा मार्को ज्यासन र उमरन मलिकले १/१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ चैत्र २०७८, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
आईपीएल फाइनलमा आज : आरसिबी र गुजरातको भिड्दै : कसले मार्ला बाजी ?
आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने
आईपीएल : हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा
आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित