काठमाडौं । नवप्रवेशी गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो हार व्यहोरेको छ । लगातार ३ खेल जितेको गुजरात सोमबार राति भएको खेलमा सनराईजर्स हैदरावादसँग ८ विकटेले पराजित हुँदै पहिलो हार व्यहोरेको हो ।
गुजरातले दिएको १ सय ६३ रनको लक्ष्य हैदरावादले १९ ओभर १ बलमा २ विकेट गुमाएर पुरा गरेको थियो ।हैदरावादको जितमा कप्तान केन विलियम्सनले ५७ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, अभिषेक शर्माले ४२, निकोल पुरनले ३४, राहुल त्रिपाठीले १७ तथा एडेन मार्करमले १२ रन बनाए ।
गुजरातका हार्दिक पान्ड्या र राशिद खानले १/१ विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन बनायो । गुजरातका कप्तान हार्दिकले ५० रनको अविजित अर्धशतकीय इनिङ खेले । यस्तै, अभिनव मनोहरले ३५, म्याथ्यु वेडले १९, डेभिड मिलरले १२ तथा साइ सुदर्शनले ११ रन बनाए ।हैदराबादका भुवनेश्वर कुमार र टी नाटराजनले २/२ तथा मार्को ज्यासन र उमरन मलिकले १/१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ चैत्र २०७८, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरसीबीले जित्यो पहिलोपटक आईपीएलको उपाधि
आईपीएल फाइनलमा आज पञ्जाब र आरसिबी भिड्दै
आईपीएलः दोस्रो क्वालिफायरमा आज पन्जाब र मुम्बई भिड्दै
आईपीएल: गुजरातलाई पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा प्रवेश
पन्जाबलाई हराउँदै बैंग्लोर आईपीएलको फाइनलमा
आईपीएल: पहिलो क्वालिफायरमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्ने