थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

सफल खबर संवाददाता

सोमबार, २८ चैत्र २०७८, १६ : १४
थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्।

सोमबार ४६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ५६८ जना सक्रिय संक्रमित रहेका छन्।गत चौबीस घन्टामा ३ हजार ९७२  पीसीआर तथा १ हजार १७२  एन्टिजेन परीक्षण भएको छ।

 

facebook sharing button

twitter sharing button

email sharing button

sharethis sharing button

 

प्रतिक्रिया दिनुहोस