सेयर बजार घट्दो

सफल खबर संवाददाता

सोमबार, २८ चैत्र २०७८, १५ : ३४
सेयर बजार घट्दो

 काठमाडौं । अघिल्लो साता एक दिन बाहेक सबैदिन घटेको सेयर बजार यो साताको पहिलो कारोबार सोमबार पनि घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ४४ दशमलव ६४ अंकले घटेर सोमबार २४ सय १९ दशमलव ७१ अंकमा घटेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ३८ अंकले झरेको छ । कारोबार रकम भने २ अर्ब नाघ्यो । दिनभर भएका ४० हजार ५०७ कारोबारबाट २३३ कम्पनीका ५० लाख ९५ हजार ८३४ कित्ता धितोपत्र खरिदबिक्री भए । जसबाट कारोबार रकम २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस