अर्थतन्त्र सुधार हुन्छ, थोरै धैर्य गरौँ : कामु गभर्नर

सफल खबर संवाददाता

सोमबार, २८ चैत्र २०७८, १३ : ५७
अर्थतन्त्र सुधार हुन्छ, थोरै धैर्य गरौँ : कामु गभर्नर

काठमाडौँ ।  नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनाले बैंकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नुपर्ने बताएकी छन्।सोमबार काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा बोल्दै कायममुकायम गभर्नर ढुङ्गानाले लघुवित तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नुपर्ने बताएकी हुन्।

उनले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवित्तमा समेत तरलता र ब्याजदरको समस्या रहेको बताइन्। तरलता तथा ब्याजदरमा आएको उतारचढावको कारण समग्र अर्थतन्त्र र जनताले पीडा भोग्नु परेको कायममुकायम गभर्नर ढुङ्गानाले दाबी गरिन्।उनले व्यापार चक्रको पनि साइकल हुने भएकाले विस्तारै सबै कुरामा सुधार आउँदै जाने बताइन्। नेपालको गरिबी निवारण तथा वित्तीय पँहुचभन्दा बाहिर रहेका जनसंख्याको २० प्रतिशत समुदायलाई लघुवित संस्थाहरू प्रभावकारी साधन भएको उल्लेख गरिन्।

उनले भनिन्,‘ समावेशी आर्थिक विकासका लागि भएका नेपालमा भएका विभिन्न प्रयासका बाबजुत नेपालको कुल जनसख्याको १८ प्रतिशत हिसा अझै पनि गरिवीको रेखामुनि रहेको छ। अझै पनि २० प्रतिशत जनसंख्याको हिसा औपचारिक वित्तीय पँहुचभन्दा बाहिर रहेको स्थितिमा लघुवित वित्तीय संस्थाहरुले गरिबी निवारण, आर्थिक समावेशी करण र समग्र आर्थिक विकासको लागि निश्चय नै प्रभावकारी साधन मानिएको छ। सधैभरी सहज परिस्थिति हुँदैन। व्यापार चक्रको पनि साइकल हुन्छ भन्ने बुझेर धैर्यता लिनु आवश्यक छ। निश्चिय नै स्थिति सुधार हुन्छ।’

का.मु गभर्नर ढुङ्गानाले  समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासका बाबजुत पनि अझै कुल जनसंख्याको १८ प्रतिशत हिसा गरिवीको रेखामुनि रहेको बताए। उनले लघुवित्तले गरिबी र लक्षित समुदायको आर्थिक पुनउत्थान गर्न लैंगिक हिंसा र महिला सशक्तीकरणलाई टेवा तथा आर्थिक असमानतालाई कम गर्ने काममा महत्वपूर्ण भूमिका खेलेको बताइन्।

 

प्रतिक्रिया दिनुहोस