हत्या आरोपमा उदयपुर र कैलालीबाट एकएक जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, २८ चैत्र २०७८, १२ : ४२
हत्या आरोपमा उदयपुर र कैलालीबाट एकएक जना पक्राउ

हत्या आरोपमा उदयपुर र कैलालीमा एक एक जना पक्राउ परेका छन्। प्रहरीका अनुसार उदयपुरको कटारी नगरपालिका-५ सिसाघारीका ४२ वर्षीय पोष्टराज दाहाललाई सोमबार बिहान पक्राउ गरिएको हो। उनले आफ्नी श्रीमती ३८ वर्षीया नानुमाया दाहाललाई चिर्पटले प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। नानुमायाको घटनास्थलमै मृत्यु भएको हो।

यस्तै‚ कैलालीमा श्रीमानको हत्या गरेको आरोपमा आइतवार राति एक महिला पक्राउ परेकी छन्। मोहन्याल गाउँपालिका-१ राक्साकी ३३ वर्षीया थुमा थापामगरले आफ्ना पति  ४४ वर्षीय नारायण बुढामगरला हत्या गरेको प्रहरीले बताएको छ। घरायसी विवादमा थुमाले नारायणमाथि हसियाले प्रहार गरेको इलाका प्रहरी कार्यालय पण्डौनले जनाएको छ। थुमा आफैं प्रहरी कार्यालय आएको प्रहरीले बताएको छ।

 

प्रतिक्रिया दिनुहोस