खोटाङ । नेपाली कांग्रेस खोटाङको कार्यालयमा बिपी कोइरालाको शालिक स्थापना गरिएको छ । कांग्रेसको स्थापना दिवसको अवसरमा आइतबार कांग्रेसको दिक्तेलस्थित बिपि स्मृति भवनमा बिपीको अर्धकद्को शालिक स्थापना गरिएको हो ।
कांग्रेसका नेता, कार्यकर्ता तथा भातृ संघसंगठनबाट जुटाइएको ३ लाख ४३० रुपैयाँमा निर्माण गरिएको बिपीको शालिक ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ अभियान अन्तरगत खोटाङमा खटिएकी प्रतिनिधि तथा केन्द्रीय सदस्य कल्पना चौधरी, केन्द्रीय सदस्य सरस्वती बजिमय र कांग्रेस प्रदेश १ का महामन्त्री भुपेन्द्र राईले उद्घाटन गरेका छन् ।
कांग्रेस महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलको संयोजकत्वमा बिपीको शालिक निर्माण तथा ढुवानी गरेर कांग्रेसको कार्यालय परिषरमा स्थापना गरिएको हो । शालिक निर्माणका लागि २ लाख ८० हजार १११ रुपैयाँ मात्र संकलन भएपछि अपुग २० हजार ३१९ रुपैयाँ आफैले व्यक्तिगत रुपमा खर्च गरेको पोखरेलले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ चैत्र २०७८, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै