कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

सोमबार, २८ चैत्र २०७८, ०७ : ४८
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

यस्तै दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ । 

यस्तै राति प्रदेश नं १, बागमती  प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस