एएफसी फुटसल एसियन कप छनोट : ताजिकिस्तानको सामना गर्दै नेपाल

सफल खबर संवाददाता

सोमबार, २८ चैत्र २०७८, ०७ : ४४
एएफसी फुटसल एसियन कप छनोट : ताजिकिस्तानको सामना गर्दै नेपाल

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज (सोमबार) ताजिकिस्तानको सामना गर्दैछ ।

पहिलो खेलमा उजिकिस्तान उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ ।किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले दोस्रो खेलमा नेपाली समय अनुसार बिहान १०ः४५ बजे सुरु हुनेछ ।

नेपाल आज पहिलो जितको खोजीमा हुनेछ ।  तर, बलियो टोली ताजिकिस्तानकाइ हराउँन नेपाललाई सहज भने छैन ।छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग चैत २९ गते खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस