काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेर१ लाख ३ सय रुपैयाँ कायम भएको छ । यसअघि गत शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।आज चाँदीको भाउ पनि बढेको छ । गत शुक्रबार एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १० रुपैयाँले बढेर एक हजार ३६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ चैत्र २०७८, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा ११ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सरकारसँग ६ बुँदे सहमतिसँगै व्यवसायमा फर्किए सुनचाँदी व्यवसायी
निरन्तर बढ्दै सुनको मूल्य, प्रतितोला कति ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार?
सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग
सुनको मूल्य स्थिर,चाँदीको मूल्य कति ?