रुसमाथि थप प्रतिबन्ध लगाउन जेलेन्स्कीले गरे आह्वान

सफल खबर संवाददाता

शनिबार, २६ चैत्र २०७८, १० : २६
रुसमाथि थप प्रतिबन्ध लगाउन जेलेन्स्कीले गरे आह्वान

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप हतियार र कडा प्रतिबन्धहरू लगाउन आह्वान गरेका छन् ।

​पूर्वी युक्रेनमा रुसी आक्रमणको त्रासले भागेका महिला, बालबालिका र वृद्धवृद्धाहरूले भरिएको रेल स्टेसनमा हमला हुँदा कम्तिमा ५२ जनाको मृत्यु भइरहेका बेला जेलेन्स्कीको आह्वान आएको हो । 

पूर्वी क्षेत्रको क्रामाटोर्स्कमा भएको सो हमलालाई राष्ट्रपति जेलेन्स्कीले नियोजित रुपमा भएको बताएका छन् । हमला भएका समयमा करिब ४ हजार मानिस भेला भएको सहरका मेयरले अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस